कृषि

एकैदिन ५३ फर्ममा अनुगमन



काठमाडौँ, ७ वैशाखः बजार अनुगमनलाई प्रभावकारी बनाउँदै उपभोक्ताको अधिकार संरक्षण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता बढाएको छ । कम मात्रामा फर्म वा व्यापारिक प्रतिष्ठानमा अनुगमन गर्दै आएको विभागले पछिल्ला दिनमा एकैपटक ठूलो सङ्ख्यामा अनुगमन गर्दै आएको हो । यसै क्रममा विभागले आजमात्रै काठमाडौँ महानगरपालिका–१ दरबारमार्ग र वडा नं ३० को कमलपोखरी क्षेत्रका व्यावसायिक प्रतिष्ठान, फर्ममा अनुगमन गरेको छ । अनुगमनपछि विभागले सबै फर्मलाई सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा विभागले नियमित अनुगमन गर्दै आएको जनाएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले जनाएको छ ।

प्रकाशित : ८ बैशाख २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६