अर्थ-वाणिज्य

समुदायसँगै समृद्धि

समुदायसँगै समृद्धिश्रृंगीघाट सामुदायिक वनको उदाहरणीय यात्रा



बाणगंगा, कपिलवस्तु १३ बैशाख

श्रृंगीघाट सामुदायिक वन उपभोक्ता समूहले समुदायप्रति उत्तरदायी र विकासमुखी अभ्यास प्रस्तुत गर्दै आफ्ना गतिविधीहरु अगाडी बढाएको छ । बनको १३औं वार्षिक साधारण सभामा अध्यक्ष गणेश ब. सिंह ठकुरी (शुशिल) ले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले वन संरक्षणसँगै सामाजिक तथा आर्थिक रूपान्तरणमा संस्थाको सक्रिय भूमिका उजागर गरेको छ ।
अध्यक्ष ठकुरीले वनको दिगो व्यवस्थापन, पुनःवनरोपण, जैविक विविधताको संरक्षण र स्रोतहरूको न्यायोचित वितरणलाई केन्द्रमा राखेर दीर्घकालीन रणनीति अघि बढाइएको बताए। वन उत्पादनबाट प्राप्त आम्दानीलाई गरिबी न्यूनीकरण, सामाजिक विकास र पूर्वाधार विस्तारमा प्रभावकारी रूपमा परिचालन गरिएको उनको भनाइ छ।
समूहले समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्दै वन संरक्षणमा स्थानीयको सहभागिता उल्लेखनीय बनाएको छ। वृक्षारोपण, वन्यजन्तु संरक्षण तथा वातावरणीय सन्तुलन कायम गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन्। साथै, स्वास्थ्य क्षेत्रमा मुटुरोग सम्बन्धी शिविर, रेडक्रसलाई उपकरण सहयोग तथा दाहसंस्कारका लागि दाउरा व्यवस्थापन जस्ता सामाजिक कार्यले समुदायमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ।
पूर्वाधार विकासतर्फ समूहले बाणगंगा नगरपालिकासँग लागत साझेदारीमा १ करोड ५० लाख रुपैयाँ भन्दा बढीको लगानी गर्दै सिँचाइ कुलो, सामुदायिक भवन, सडक सौन्दर्यकरण तथा स्तरोन्नतिका कार्यहरू सम्पन्न गरेको छ। आगलागी नियन्त्रणका लागि आधुनिक प्रविधि जडान गरी जोखिम न्यूनीकरणमा समेत पहल गरिएको छ।
आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा वन संरक्षणसँगै सीपमूलक तालिम, महिला तथा बालबालिका लक्षित कार्यक्रम, जेष्ठ नागरिक सहयोग तथा दिगो विकासका नवीन योजनाहरू समेटिएका छन्। अध्यक्ष ठकुरीले सबै सरोकारवालासँग सहकार्य र सुझावको अपेक्षा गर्दै संस्थालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
समूहले वनलाई केवल प्राकृतिक स्रोतका रूपमा मात्र नभई सामाजिक रूपान्तरणको आधारका रूपमा प्रयोग गर्दै आएको स्पष्ट देखिन्छ। स्थानीय सरकार, वन कार्यालय तथा विभिन्न संघ संस्थासँगको सहकार्यमा अघि बढिरहेको यस पहलले सामुदायिक वन व्यवस्थापनको सफल नमूना प्रस्तुत गरेको छ। सामुदायिक बनको कार्यक्षेत्र बाणगंगा नगरपालिका वडा नं. १, ३, ४ र ५ रहेको छ जसले १४ मौजा क्षेत्रका २०४३ घरधुरीले प्रत्यक्ष लाभ प्राप्त गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित : १३ बैशाख २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६