अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्प सहभागी कार्यक्रममा आक्रमण प्रयास, राष्ट्रपति सुरक्षित



वासिङ्टन, १३ वैशाख (रासस/एपी/एएफपी) :

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ‘डिनर कार्यक्रम’ मा एक हतियारधारी व्यक्तिले आक्रमण गर्ने प्रयास गर्दा ठूलो सुरक्षा घटना भएको छ । प्रारम्भिक जानकारीअनुसार ती व्यक्तिले बन्दुक र चक्कु लिएर कार्यक्रम स्थलको लबी क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेका थिए, जसपछि सुरक्षाकर्मीहरू तत्काल सक्रिय भएका थिए र उनलाई नियन्त्रणमा लिएका थिए । घटनाका क्रममा गोली चलेको आवाज सुनिएको थियो र केही अतिथिहरू डराएर टेबलमुनि लुकेका थिए । राष्ट्रपति ट्रम्पलाई सुरक्षाकर्मीहरूले तुरुन्तै सुरक्षित स्थानमा लगेका थिए र उहाँ सकुशल रह्नुभएको छ । सुरक्षा अधिकारीहरूसँग भएको मुठभेडमा आक्रमणकारीले गोली हानेको र सुरक्षाकर्मीहरूले पनि जवाफी कारबाही गरेको बताइएको छ । एक सुरक्षा अधिकारीलाई गोली लागेको भए पनि बुलेटप्रुफ ज्याकेटका कारण गम्भीर क्षति हुनबाट जोगिएको छ । आक्रमणकारीलाई घटनास्थलमै नियन्त्रणमा लिइएको छ र उनी एक्लै योजना बनाएर आएको प्रारम्भिक निष्कर्ष छ । अमेरिकी सरकारी वकिलका अनुसार उक्त संदिग्धविरुद्ध हिंसात्मक अपराधका क्रममा हतियार प्रयोग गरेको र सङ्घीय सुरक्षाकर्मीमाथि खतरनाक हतियार प्रयोग गरी आक्रमण गरेको आरोप लगाइनेछ । उनलाई सोमबार राजधानीस्थित सङ्घीय अदालतमा पेश गरिनेछ । समाचार स्रोतका अनुसार घटना अचानक भएको भए पनि सुरक्षाकर्मीहरूको तत्काल प्रतिक्रियाका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको छ । अहिले घटनाबारे विस्तृत अनुसन्धान जारी छ र सुरक्षालाई अझ कडा बनाइएको छ ।

प्रकाशित : १३ बैशाख २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६