अन्तर्राष्ट्रिय

इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठूलो क्षति



बग्दाद, १३ वैशाख (रासस/सिन्ह्वा) :

इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रमा फेब्रुअरी २८ देखि अप्रिल २० सम्म ड्रोन र क्षेप्यास्त्रबाट ८०९ आक्रमण भएको स्थानीय अधिकारीहरूले बताएका छन् । ती आक्रमणमा २० जना सर्वसाधारणको मृत्यु भएको छ भने १२३ जना घाइते भएका छन् । कुर्दिस्तान क्षेत्रीय सरकारको सञ्चार तथा सूचना विभागले जारी गरेको विज्ञप्तिअनुसार अधिकांश आक्रमण नागरिक क्षेत्रलाई लक्षित गरेर गरिएको थियो, यद्यपि क्षेत्रले जारी क्षेत्रीय द्वन्द्वमा तटस्थता घोषणा गरेको छ । विज्ञप्तिमा नागरिक र निजी क्षेत्रले सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति बेहोरेको उल्लेख गरिएको छ । एरबिल प्रान्तमा सबैभन्दा धेरै ४७७ आक्रमण भएका छन्, जसमा ४१९ ड्रोन आक्रमण र ५८ क्षेप्यास्त्र आक्रमण समावेश छन् । ती आक्रमणमा १० जनाको मृत्यु भएको छ भने ८३ जना घाइते भएका छन् । कुर्दिस्तान क्षेत्रीय सरकारले विभिन्न ‘आधारहीन बहानामा’ नागरिक क्षेत्रमा आक्रमण गरिएको जनाएको छ । यी आक्रमणहरू फेब्रुअरी २८ देखि सुरु भएको संयुक्त अमेरिकी–इजरायली आक्रमणपछि क्षेत्रीय तनाव बढेका बेला भएका हुन्, जसको प्रतिक्रिया स्वरूप इरान र उसका सहयोगीहरूले मध्यपूर्वभर अमेरिकी र इजरायली स्वार्थलाई लक्षित गर्दै आक्रमण गरेका छन् ।

प्रकाशित : १३ बैशाख २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६