अर्थ-वाणिज्य

रेक्सामै माइक बजाउँदै गाउँ–गाउँमा ब्याग बेच्दै नरदेव मल्ल



कपिलवस्तु, २१ बैशाख

कपिलवस्तुको बाणगंगा नगरपालिका–बैरिया निवासी नरदेव मल्लले आफ्नो जीविकोपार्जनको शैली परिवर्तन गरेका छन्। उनी अहिले स्कूले विद्यार्थीलाई आवश्यक पर्ने झोला ९ब्याग० गाउँ–गाउँमा पुर्‍याउँदै आएका छन्।

मल्लले तीन चक्के रेक्सा प्रयोग गरी टोल–टोलमा पुगेर नयाँ तरिकाले ब्याग बिक्री गर्ने गरेका छन्। अझ विशेष कुरा के भने, उनले आफ्नो रेक्सालाई फरक शैलीमा परिमार्जन गर्नुका साथै त्यसमा साउण्ड सिस्टम ९माइक० जडान गरेका छन्। गाउँमा पुग्दा उनी माइकमार्फत जानकारी गराउँछन्, जसले गर्दा स्थानीय बासिन्दालाई उनको आगमनको सहजै जानकारी हुन्छ।

यसै तरिकाले उनले आफ्नो जीविकोपार्जन गर्दै आएका छन्। मेहनती स्वभावका मल्ल बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाका विभिन्न गाउँहरूमा दैनिकजसो पुग्ने गरेका छन्।

प्रकाशित : २१ बैशाख २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६