खोज–अनुसन्धान

स्वर्ग भनेको यस्तैै त हुन्छ होलानि ?



शिक्षा शास्त्र अध्यनसंस्थान सानो ठिमी भक्तपुर बाट मेरो दुई बर्षे ब्यबसायिक लेखा शिक्षकको तालिम पुरा भए पनि रिजल्ट निष्कन बाँकि थियो । देशका पचहतरै जिल्लाम नयाँ शिक्षा लागु भैशकेका कारणले शिक्षामन्त्रालयले चौथो सेमष्‍टरको रिजल्ट प्रकाशित नहुँदै सबै बिषयका ब्यबसायिक शिक्षकहरू लाई निमाविको तलब खानेर गरी जिल्ला जिल्लमा खटाउँदै थियो । तर मत विद्यार्थी आन्दोलनमा सकृय भएर लागेका कारणले मलाई बागमती अञ्चलाधिशको कार्यालय बाट पकडाउ पूर्जी जारी भएको थियो । आन्दोलनमा शकृय भएर लागेका धेरै विद्यार्थी साथीहरू गिरफ्ता भैसकेका थिए म लगाएतका केही साथीहरूले गिरफ्तारी बाट जोगिदै आन्दोलन लाई अगाडी बडाउने कममा लागेका थियौँ ।
मेरा भाञ्ज दाइ युवराज शर्मा गौतम मन्‍त्री परिषद सचिवालयमा मुख्य सचिव कृष्ण बम मल्लका पिए भएका कारण शाखाअधिकृत भए पनि वहाँको सबै मन्त्रालयमा राम्रै प्रभाव रहेछ । तेस कारण पनि वारन्टको अवश्थाा पनि मलाई लेखा शिक्षकमा नियुक्ती दिलाएर कपिलवस्तु पठाउनु भयो ।
पहाडमा पनि मेरो अवश्था रम्रो थिएन । प्रशानाले मात्रै होईन आफ्नै साथीहरूले समेत मेघराज उग्रछ भन्थे । एउटा मात्रै छोरा सरकारले पक्डेर कतै मारिदेला भन्‍ने डरले बुढेसकालमा काली गण्डकीको तिर छाडे मेरा पिताजीर तराई झर्नु भयो ।
कपिलवस्तुको तौलिहवाको विद्यालयमा पढाउाने भएका कारणले मैले तेतै तिर जग्गा किन्‍न चाहन्थे । पिताजीले तेता रुचाउनु भएनर साबिक ठुलो पिपरा पञ्चायतको आठनम्बर वडामा पर्ने बठनपुरा मौजाको गाउँ देखी लग भग आधा किलोमिटर पश्‍चिमको हरिहर गौतमका सिर्र्बार आत्माराम अधिकारीका नामको फालिएको ऐलानी प्रती जश्तो देखिने जग्गा किन्‍नु भयो र भन्‍नु भयो,“एउटा पाटो खायो आटो, दुईवटा पाटो अलि अलि आटो तीनवटा पाटो लाग्यो बाटो” भन्ने उखान सुनाउदै “जग्गा एउटै कित्ताछ मल जल गरे पछि दुईचार बर्षमा राम्रो हुन्छ । नजिकै बाट राजमार्ग बन्दैछ । तैले फल फूलका बिरुवा ल्यईदे मैले हुर्काई दिन्छु एकदिन योथाउँ सुबिधा सम्भपन्न्‍‍न स्वर्ग जस्तो हुँनेछ” भन्भनुयो । ममा पिताजीको बचन काट्न शक्ने आँट थिएन किनकी वहाँले आफ्ना शारा सुख सुबिधा मेरा लागी त्यागेर बस्नु भएको थियो र मलाई कहिल्यै कुनै चिजको अभाव हुन दिनुभएन ।
पिताजीले किनी दिएको धेरै जशो जग्गात मैले बेचिशके । लाल पुर्जामा आठ कठ्ठा भए पनि बाटो घाटोका कारणले भोगमा छ कठ्ठा होला । तर घरको चारै तर्फ आँप, लिची, कटहर, अमला आदि फलफुल र सिमल र बाँसका गाँजले जङ्गल जस्तो लाग्दछ । जङ्गल भए पछि दुर्लभ चरा चरीले बास बनाँउदा रहेछन् ।
मेरो बुढेस कालको दैनिक विपश्यना ध्यान केन्द्रमा हुँदा तेहीँको समसारिणी अनुशार हुने भयो, घरमा हुँदा प्रायशः बिहानको तीन बज्दा बिस्तरा छोडेर पाँच बजे सम्म विपश्यना ध्यनाको अभ्याश गर्ने तेस पछि नित्य कर्म बाट उम्केर लग भग आधा घण्टा सामान्य ब्यायाम र प्रणायाम गर्ने , तत्पश्‍चात एक घण्टा जति बाहिर घुमने । बिहानको हिडाई बाट फर्के पछि हल्का नास्ता गर्ने तेस पछि लेख पढमा लाग्ने, दिहानको भोजन दिनको एघार बजे हुन्छ तेस पछि केहि बेर आराम गरेर समाचार हरू हेर्ने सुन्‍ने र अपराह्न २ तीस देखि तीन तीस सम्म विपश्यना ध्यान, पाँच बज्नु भन्दा पहिले साँझको हल्का फुल्का खााना ,रातीको नौ बज्दा बिस्तरमा पुगेको हुन्छु ।
आफ्नो देनिक समयसारिणी अनुसर आझ पनि प्रतः कालको तीन बजे उठेर एक गिलस तातो पानी पिएर ध्यानमा बसेँ । तर आज मन लाई बाहिरको आवाजले तान्यो । ध्यान गर्न बसेको आन बाट उठेर झ्यालको पर्दा खोलेर बाहिर हेरेँ कालो अँधेरोछ । साँझ पख पानी परेकाले होला बैशाख महिना भए पनि हल्का जाडो महशुस हुन थाले पछि झ्यालको पर्दा बन्द गरेर पुनः ध्यानको आशनमा बसेँ तर मन आज आफ्नो शरिर भित्र हुने घटनमामा केन्द्रित नभए र बाहिरको आवाजमा केन्द्रित हुँन पुग्यो । मैले आज सम्म ध्यान दिएको रहेनछु आफ्नो घरको चारैतिर बिहानको ब्रह्म मुहूर्तमा हुने आश्चर्य जनक घटनाहरूलाई । घरको चारै तर्फका रुख बाट आउने थरि थरिको सङ्गित मय बाताबरणले शब्दको अर्थ बुज्‍न नसके पनि मलाई कल्पनाको सन्सामा डुबाउन थाल्यो । रुखका बिच बाट आउने केही मसिनमा केहि ठुला स्वरहरू तिनीहरूले गाएको सङ्गित हुनसक्छ, तिनीहरूको दोहोरी हुनसक्छ अथवा तिनीहरूको भजनकिर्तन जेपनि हुनसक्छ । मैले बुज्न नसके पनि यिनीहरूले निकाल्ने आवाजको अवश्य अर्थ हुन पर्छ । यस्तै सोँचदा सोँच्दै । समयले पर्खन मान्दो रहेनछ । बाहिर सुस्त सुस्त उज्याद्य हुँन थाले पछि ती आवाजहरू कम हुँदै बिलाउँदै गए । उज्यालो भए पछि सबै आ आफ्नो काममा लागेहोलान ।
रुख लाई पनि देबता भनिन्छ । रुख जिवजन्तु देखि चराचुरिङ्गी सबैको बाशस्थान रहेछ । ध्यान गर्ने मान्छे लाई थाहा हुन्छ बन जङ्गका बिच र ठुलो रुख मुनी बसेर ध्यान गर्दा छिटो समाधी लाग्छ । तेही भएर होला बोट बृक्षले भरिएको सफा थाउलाई स्वर्ग भनिएको । हुन पनिहो जाहाँ मनले शान्ती महशुस गर्छ तेहीँ स्वर्गहो । आज भन्दा पचास बर्ष पहिले पिताजीले बनाए, यो स्था स्वर्ग बन्‍नेछ भनेको कुा आज सत्य साबित भयो ।

प्रकाशित : २५ बैशाख २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६