खेलकुद

कोशीटप्पु राष्ट्रिय कबड्डी प्रतियोगिता, आर्मीको विजयी सुरुआत



इनरुवा (सुनसरी), २६ वैशाखः सुनसरी सदरमुकाम इनरुवामा आजदेखि प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद क्लब सुनसरीको आयोजनामा इनरुवा–२ स्थित शिक्षा खेल मैदानमा सुरु भएको उद्घाटन खेलमा नेपाल आर्मी क्लबले कोशी प्रदेशलाई ४५–२५ अङ्कले पराजित गरेको छ । सो खेलमा आर्मीकी अनुजा कुलुङ राई म्यान अफ दी म्याच घोषित हुनुभयो । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले गर्नुभएको थियो । प्रतियोगितामा सात प्रदेशका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल आर्मीको टोली सहभागी छ । प्रतियोगिताको विजेताले रु एक लाखसहित ट्रफी, दोस्रो हुनेले रु ५० हजारसहित ट्रफी तथा तेस्रो हुने दुई टोलीलाई रु २५–२५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता यही वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित : २७ बैशाख २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६