ब्रेकिंग न्युज

एनटिएनसीको अध्यक्षमा वनमन्त्री चौधरीको पदभार



काठमाडौँ, २९ वैशाखः

वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को अध्यक्षको पदभार ग्रहणसँगै ‘शून्य सहनशीलता’ नीति लागू गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार एनटिएनसीको अध्यक्षको जिम्मेवारी प्रदान गर्नुभएसँगै मन्त्री चौधरी आज (एनटिएनसी) को अध्यक्षको जिम्मेवारी, पदभार ग्रहण गर्नुभएको हो । सो अवसरमा उहाँले पारदर्शी र उत्तरदायी ढङ्गले काम गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री चौधरीले संरक्षण क्षेत्रमा कोषले पु¥याएको योगदानको उच्च कदर गर्दै आगामी दिनमा संस्थालाई अझ प्रभावकारी र नमूना संस्था बनाउनुपर्ने जोड दिनुभयो । सो कार्यक्रममा सचिव, विभागीय प्रमुख तथा एनटिएनसीका कर्मचारीहरूको उपस्थिति रहेको थियो । —

Powered By  Orson Infotech

प्रकाशित : २९ बैशाख २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६