देश

राष्ट्रियसभामा अर्थमन्त्री डा वाग्लेको जवाफ



काठमाडौँ, ३१ वैशाखः

राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुभएको छ । सो कार्यक्रममाथिको छलफल सकिएपछि जवाफ दिँदै मन्त्री वाग्लेले विगतमा बनेको अर्थतन्त्रको आधार र समावेशी विकासका साथै समग्र सामाजिक विकासलाई अगाडि बढाउन सरकार कटिबद्ध रहेको बताउनुभयो । सरकारले १०० बुँदे शासकीय सुधारका कार्य र सदनमा आएका सुझावलाई आधार बनाएर आगामी बजेट प्रस्तुत गरिने अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो । बैठकमा नीति तथा कार्यक्रममाथिको संशोधनलाई निणर्यार्थ प्रस्तुत गरी आजै नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ । —

प्रकाशित : ३१ बैशाख २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६