अन्तर्वार्ता

सहकारी बैंकको सञ्चालकमा बागमती मात्र निर्वाचन



काठमाडौँ, ३ जेठ

राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनका लागि छ प्रदेशका सञ्चालक निर्विरोध निर्वातिच भएका छन् । निर्वाचनका क्रममा लेखा सुपरीवेक्षण समितिमा एक जना संयोजकसहित दुई सदस्य निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।
बागमती प्रदेशबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकका लागि भने यही जेठ ९ गते निर्वाचन हुने कार्यक्रम तय भएको हो । बागमती प्रदेशको सञ्चालकका लागि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी दलसहित तीन दलले साझा उम्मेदवार घोषणा गरेका छन् । तीन दलले संयुक्त रूपमा बागमती प्रदेशको सञ्चालकका लागि डा परितोष पौडेललाई सञ्चालक उम्मेदवार घोषणा गरेका हुन् ।
उम्मेद्वार घोषणा गर्न आज आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गीता सत्याल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता केशव बडाल, खगराज अधिकारी र डा खेमप्रसाद लोहनी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य लीलामणि पोखरेल लगायतले अहिलेको परिस्थितिमा सहकारीको मूल्य, मान्यता अनुसार सहकारी अभियान सञ्चालन गर्न साझा उम्मेदवार घोषणा गरी निर्वाचित गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
राष्ट्रिय सहकारी महासङ्घका कार्यवाहक अध्यक्ष रमेश पोखरेल र बागमती प्रदेश सञ्चालक पदका उम्मेदवार पौडेलले सहकारी अभियानलाई पारदर्शी, जवाफदेही र जिम्मेवार रूपमा अघि बढाउन आज बेलुकी सम्म साझा घोषणा पत्र तयार पारी सार्वजनिक गरिने जानकारी गराउनुभएको थियो । बागमती प्रदेशको सञ्चालकको निर्वाचनका लागि मतदान भने सात वटै प्रदेशका प्रतिनिधिले गर्ने व्यवस्था छ ।

प्रकाशित : ३ जेष्ठ २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६