राजनीति

राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छः महासचिव पोखरेल



काठमाडौँ, ३ जेठ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले संसदीय प्रणालीमा राजनीतिक दलहरूबीच परस्पर संवाद भइरहनुपर्ने बताउनुभएको छ । तेत्तीसौँ मदन–आश्रित दिवसका अवसरमा ‘मदन–आश्रित प्रतिष्ठान’द्वारा आज यहाँ आयोजित ‘जनताको बहुदलीय जनवाद (जबज) र युवा’ विषयक विचार गोष्ठीमा महासचिव पोखरेलले अहिले यस प्रणालीको राजनीतिक चरित्रअनुसार दलहरुबीच जनताका समस्या समाधानमा उचित संवाद हुन नसकेको बताउनुभयो । उहाँले राज्यका तीन अङ्गबीच उचित समन्वय हुन नसकेको टिप्पणी गर्नुभयो । महासचिव पोखरेलले सूचना प्रविधि र शिक्षामा युवालाई जोड्न आफूहरुले मेहनत गर्ने बताउनुभयो । उहाँले जनताका बीचमा प्रतिस्पर्धाबाट श्रेष्ठता र शान्तिपूर्ण सङ्घर्षबाट परिवर्तनको अनुभूति दिन सक्नुपर्ने उल्लेख गर्दै गत निर्वाचनको हारबाट पाठ सिकेर फेरि जनमखी नीतिका साथ जनताका बीचमा जाने योजना रहेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष प्रदीपकुमार ज्ञवाली, एमाले संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महर, राष्ट्रिय युवा सङ्घ नेपालका उपाध्यक्ष विनायक शाह, नेपाल ल क्याम्पसका स्ववियु सभापति समीर रिजाल, सूचना प्रविधि विज्ञ ई रमेश पौडेललगायतले युवाभावलाई मनन् गरेर सरकार र राजनीतिक दलले काम गर्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले जननेता मदनकुमार भण्डारीले प्रतिपादन गरेको जबजका जगमा युवाहरूलाई सही राजनीतिको धारमा अग्रसर गराउन सक्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानको वार्षिक मुखपत्र विमोचन गरिएको थियो ।

प्रकाशित : ३ जेष्ठ २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६