देश

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण



काठमाडौँ, ५ जेठ

राष्ट्रपति रामचन्द्र पौडलले नवनियुक्त प्रधानन्यायाधीश डा मनोजकुमार शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज साँझ आयोजित एक समारोहमा राष्ट्रपति पौडेलले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । प्रधानन्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च तहका सरकारी अधिकारीहरूको उपस्थिति थियो । नेपालको संविधानको धारा, १२९ को उपधारा, २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज नै शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो । सिंहदरबारमा आजै बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश डा शर्मालाई सर्वसम्मतिले अनुमोदन गरेको थियो । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रकाशित : ५ जेष्ठ २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६