देश

एमाले सचिवालय बैठक जारी



भक्तपुर, ९ जेठ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठकमा नेताहरुले बोल्ने क्रम जारी रहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा आज बसेको दोस्रो दिनको बैठकमा पार्टीका महासचिव, तीन उपमहासचिव र पाँच सचिवसहित नौ जना नेताहरूले आफ्नो धारणा राख्नुभएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । उहाँले पार्टीको आइतबार बस्ने बैठकमा बाँकी चार सचिवले आफ्नो धारणा राख्ने जानकारी दिँदै सबैको धारणा आएपछि प्रस्तावित एजेन्डामाथि निर्णय प्रक्रियालाई अगाडि बढाइने सञ्चारकर्मीलाई बताउनुभयो । गत शुक्रबारदेखि बैठक सुरु भएको थियो

प्रकाशित : ९ जेष्ठ २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६