अर्थ-वाणिज्य

तोलामा बीस हजार पाँच सयले बढ्यो सुनको मूल्य



काठमाडौँ, १७ जेठः विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा रु २० हजार ५०० ले बढेको हो । गत शुक्रबार रु दुई लाख ९० हजार ६०० मा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज रु तीन लाख ११ हजार १०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदीको मोल रु पाँच हजार ३४५ निर्धारण भएको छ । गत शुक्रबार एक तोला चाँदी रु पाँच हजार ४० मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको सेतो धातुको ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : १७ जेष्ठ २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६