अर्थ-वाणिज्य

त्रिभुवनविमानस्थलमा१५मिनेटसम्म ‘पिकएण्डड्रप’ गर्दापार्किङशुल्कनलाग्ने   




   
काठमाडौँ, २२ जेठः  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा सवारीसाधनको पार्किङ शुल्क नलाग्ने भएको छ ।    

 त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्‍याउन तथा लिन आउने सवारीसाधनको आवश्यकतालाई हेरेर ‘पिक एण्ड ड्रप’ गर्दा १५ मिनेटसम्म शुल्क नलाग्ने व्यवस्था गरेको हो ।    

 विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारले यात्रुको आवश्यकतालाई हेरेर ‘पिक एण्ड ड्रप’को समय बढाइएको जानकारी दिनुभयो । यसअघि सात मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने गरेकोमा उक्त समय अपुग भएको भन्दै थप सहजताका लागि समय बढाइएको उहाँले बताउनुभयो ।    

 “परीक्षणका लागि हामीले एक महिना १५ मिनेट ‘पिक एण्ड ड्रप’ गरेको पार्किङ शुल्क नलिने व्यवस्था गरेका छौँ, यस व्यवस्थाविपरीत शुल्क लिनेलाई कारबाही गरिनेछ”, उहाँले भन्नुभयो ।    

प्रकाशित : २२ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६