ब्रेकिंग न्युज

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’



काठमाडौँ, २८ असार

सरकारले मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ को तयारी गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसुनजन्य रोगको प्रकोप बढ्ने भएकाले रोकथाम र नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ का तयारी गरेको हो । स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा अनुज भट्टचनले डेङ्गी, औलो, हैजा, झाडापखला, जापानीज इन्सेफ्लाटिक्स, स्क्रब टाइफस र इन्फ्लुएन्जाजस्ता मनसुनजन्य रोगको प्रकोप नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’को तयारी गरिएको बताउनुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय तहसँग मिलेर ती रोगको रोकथाम तथा नियन्त्रण गर्न जोखिम मूल्याङ्कन गर्ने र जोखिमको स्तरअनुसार तीनै तहबाट प्रतिकार्य गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । “रोगको नियन्त्रणमा पहिले भन्दा धेरै नै प्रगति भएको छ । मनसुनजन्य रोगको क्षति न्यूनीकरण गर्न लागेका छौँ”, उहाँले भन्नुभयो, “सचेतना अभियान सञ्चालन र रोग लाग्न नदिन विभिन्न उपायबारे छलफल भइरहेको छ ।” राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा राधिका थपलियाले मनसुनजन्य रोगको रोकथाम गर्न सामाजिक सञ्जालबाट सर्वसाधारणलाई सचेतना गराउन थालिएको जानकारी दिनुभयो । “हामीले रोग नै लाग्न नदिनका लागि सर्वसाधारणलाई सामाजिक सञ्जालबाट सचेतना अभियान सञ्चालन गराउन सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “पहिलको तुलनामा सर्वसाधारणमा सचेतना बढेकाले रोगको प्रकोप पनि कम हुँदै गएको छ ।” शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख जनरल कन्सल्टेण्ट फिजिसियन डा विमल शर्मा चालिसेले रोगको स्रोत र जोखिमका कारणमै रोकथामका काम गर्नु कम खर्चिलो र प्रभावकारी हुने बताउनुभयो । उहाँले डेङ्गी हैजा, झाडापखला जस्ता रोग मनसुनमा बढी देखिने भएकाले सचेत रहन आग्रह गर्नुभयो । महाशाखाका कीटजन्य शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले असारदेखि असोजसम्म पानीजन्य रोगका प्रकोप बढी हुने भएकोले सचेत रहन आग्रह गर्नुभयो । उहाँले मनसुन सुरु हुन साथ डेङ्गी सङ्क्रमण बढन् बताउनुभयो । –––

प्रकाशित : २८ असार २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६