ब्रेकिंग न्युज

वरिष्ठ साहित्यकार सिग्देल आदिकवि भानुभक्त पुरस्कारबाट सम्मानित



काठमाडौँ, २९ असार

नेपाली साहित्यका वरिष्ठ साहित्यकार भुवनहरि सिग्देल आदिकवि भानुभक्त पुरस्कारबाट सम्मानित हुनुभएको छ । नेपाली शिक्षा परिषद् र लेखनाथ साहित्य सदनद्वारा आज काठमाडौँमा आयोजित २१३औँ भानुजयन्ती तथा आदिकवि भानुभक्त पुरस्कार समर्पण समारोहमा उहाँलाई नगद रु एक लाख २५ हजार, सम्मानपत्रसहित पुरस्कार प्रदान गरिएको हो । नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले सिग्देलले लामो समयदेखि नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा पुर्‍याउनुभएको योगदानको कदरस्वरूप पुरस्कार प्रदान गरिएको बताउनुभयो । उहाँले कठिन जीवन परिस्थितिका बीच पनि साहित्यिक साधनालाई निरन्तरता दिँदै नेपाली साहित्यलाई समृद्ध बनाउन सिग्देलले खेल्नुभएको भूमिका प्रेरणादायी रहेको उल्लेख गर्नुभयो । पुरस्कार ग्रहणपछि वरिष्ठ साहित्यकार सिग्देलले सानै उमेरमा पिताको निधन भएपछि परिवारको सम्पूर्ण जिम्मेवारी आफ्नै काँधमा आएको स्मरण गर्दै कठिन सङ्घर्षका बाबजुद साहित्य सिर्जनालाई कहिल्यै नछाडेको बताउनुभयो । “बाल्यकालमै बुवा बित्नुभयो । घरको जेठो छोरो भएकाले सबै जिम्मेवारी मेरो काँधमा आयो । धेरै दुःख, कष्टका कारण औपचारिक अध्ययन पनि पूरा गर्न सकिएन । साहित्यप्रतिको मोह कहिल्यै मरेन, त्यसैले कलम चलाउन छाडिनँ”, उहाँले भन्नुभयो । सम्मान समारोहमा विभिन्न साहित्यकार, कवि, स्रष्टा तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता थियो । आदिकवि भानुभक्त आचार्यको नेपाली भाषा र साहित्यमा रहेको योगदानको स्मरण गर्दै उहाँको आदर्शलाई नयाँ पुस्तासम्म पुर्‍याउनुपर्नेमा वक्ताहरूले जोड दिनुभयो । —

Powered By  Orson Infotech

प्रकाशित : २९ असार २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६