ब्रेकिंग न्युज

मुलुकलाई केन्द्रमा राखेर प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँः आङ्देम्बे



काठमाडौँ, २९ असार

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकलाई केन्द्रमा राखेर प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका रूपमा रचनात्मक र सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभएको छ । पार्टी संसदीय दलको कार्यालयमा आज संसदीय मामिला विषयमा कलम चलाउने पत्रकारहरूसँगको छलफलमा उहाँले मुलुकलाई केन्द्रमा राखेर सत्तापक्षलाई पनि संसद् र जनताप्रति उत्तरदायी बनाउनेमा सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो । संसदीय समितिलाई अनिर्णयको बन्दी बन्न नदिन पनि सबै प्रतिपक्षी दललाई समेटेर कांग्रेस अघि बढ्ने नेता आङ्देम्बेको भनाइ छ । “प्रमुख प्रतिपक्षी दलका नाताले सबै विपक्षीलाई समेटेर विमति राख्दै संसद्मा दैनिक कार्यसूची अघि बढाउन पनि सहयोग गरिएको छ । संसद्मा प्रश्न राख्ने, प्रस्ताव दर्ता गराउने र समितिको गाम्भीर्यतालाई मनन गरी काम गर्छौं, सत्तापक्षलाई सदन र जनताप्रति उत्तरदायी बनाउनतर्फ सकारात्मक भूमिकामा रहन्छौँ,” उहाँले भन्नुभयो । कांग्रेस प्रमुख सचेतक वासना थापाले संसद्को प्रभावकारिताका लागि दलले यस्ता छलफललाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो । —

प्रकाशित : २९ असार २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६