ब्रेकिंग न्युज

अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’



इलाम ३०, असार

स्थानीय तुलसी पिठाकोटेले बहुखेती प्रणालीमार्फत मनग्गे आम्दानी गर्नुभएको छ । फाकफोकथुम गाउँपालिका–५ का युवा उद्यमी पिठाकोटेले २५ रोपनीमा अलैँची, नौँ रोपनीमा चिया र सात रोपनीमा किबी खेती गरी सन्तोषजनक आम्दानी गर्नुभएको हो । उहाँको खडकुडे बहुउद्देश्यीय कृषि फार्मबाट वार्षिक करिब ३५ क्वीन्टल किबी, १५ मन अलैँची र एक हजार किलोग्राम चिया उत्पादन हुन्छ । “कृषि कर्ममा डटेर लागेपछि भविष्य बन्यो”, पिठाकोटेले भन्नुभयो, “कृषिमा बगाएको पसिनाले, सपना पनि फल्दो रहेछ”, उहाँले वार्षिक रु २० लाख बचत र फर्ममा १५ जनालाई रोजगारी प्रदान गर्नुभएको छ । भविष्यमा किबीबाट जुस, जाम र वाइन उत्पादन गरी मूल्य अभिवृद्धि गर्ने तथा अलैँचीलाई आधुनिक भट्टीमार्फत प्रशोधन गर्ने उहाँको योजना छ । “किबी भण्डारण गर्ने ठाउँ छैन । अलैँची आधुनिक भट्टी बनाएर प्रशोधन गर्नुछ । पूर्वाधार समस्याले सकिरहेको छैन”, उहाँले भन्नुभयो । कृषि कर्ममा लागेवापत उहाँलाई पालिकाले ५० प्रतिशत अनुदानमा कृषि उपकरण उपलब्ध गराएको गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले बताउनुभयो ।

प्रकाशित : ३० असार २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६