ब्रेकिंग न्युज

बेलौरीमा चार विद्यालय समायोजन



कञ्चनपुर, ३२ असार

बेलौरी नगरपालिकाले चार सामुदायिक विद्यालयलाई अन्य विद्यालयमा समायोजन गर्ने तथा थप चार विद्यालयमा कक्षा घटाउने (डाउनसाइजिङ) निर्णय गरेको छ । नगरपालिकाले विद्यालय समायोजन, दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि–२०८३ अनुसार असार २८ गते बसेको कार्यपालिका बैठकबाट उक्त निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीका अनुसार विद्यार्थी सङ्ख्या, शैक्षिक पहुँच, उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोग र शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले विद्यालय समायोजन तथा डाउनसाइजिङ गरिएको हो । निर्णयअनुसार जनप्रिय आधारभूत विद्यालयलाई लक्ष्मी माध्यमिक विद्यालय (बजदिया), बिपी स्मृति आधारभूत विद्यालयलाई जनसेवा आधारभूत विद्यालय (टेडुवा), गौरीशङ्कर आधारभूत विद्यालयलाई सरस्वती माध्यमिक विद्यालय (बुटाबारी) र अग्रासन आधारभूत विद्यालयलाई शान्ति माध्यमिक विद्यालय (शान्तिपुर) मा समायोजन गरिनेछ । त्यस्तै, हाल कक्षा ५ सम्म सञ्चालन हुँदै आएका शक्ति, शुक्लाफाँटा, कृष्णप्रसाद र सरस्वती आधारभूत विद्यालयमा अब कक्षा १ देखि ३ सम्म मात्र पठनपाठन सञ्चालन हुनेछ । नगरपालिकाले विद्यालय समायोजन र कक्षा घटाउने निर्णयबाट शैक्षिक स्रोत–साधनको प्रभावकारी उपयोग, शिक्षक दरबन्दीको उचित व्यवस्थापन तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । बेलौरी नगरपालिकामा हाल १७ वटा आधारभूत विद्यालय, १४ वटा माध्यमिक विद्यालय र दुई वटा सामुदायिक क्याम्पस सञ्चालनमा छन् ।

प्रकाशित : ३२ असार २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६