ब्रेकिंग न्युज

जनमतको महाधिवेशनमा ३ पदाधिकारी सहित लुम्बिनीबाट १४ जनाको उम्मेदवारी



कपिलवस्तु २ असोज । जनमत पार्टीको दोस्रो महाधिवेशनका लागि सार्वजनिक गरिएको प्रारम्भिक उम्मेदवार सूचीमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट १४ जनाले केन्द्रीय पदमा उम्मेदवारी दिएका छन्। लुम्बिनीबाट उपाध्यक्ष, राष्ट्रिय सचिव र केन्द्रीय कार्यकारिणी सदस्य पदमा उम्मेदवारी परेको हो।उपाध्यक्ष पदमा लुम्बिनीबाट कपिलवस्तुका नरेन्द्रप्रसाद चौधरी, रुपन्देहीका सञ्जयकुमार मिश्र र बाँकेका हरपाल सिंह सोडी उम्मेदवार बनेका छन्।त्यस्तै राष्ट्रिय सचिव पदमा बाँके की राधा कुमारी यादव र नवलपरासी पश्चिमका बालगोविन्द चौधरीले उम्मेदवारी दिएका छन्।

केन्द्रीय कार्यकारिणी सदस्य पदमा लुम्बिनीका नौ जना उम्मेदवार छन्। जसमा नवलपरासी पश्चिमका अमिरुल्लाह जोहरा, रुपन्देहीका निलु कुमारी चौधरी, शिवचरण केवट र नीलम पासवान, कपिलवस्तुका बिनोदकुमार चौधरी, लक्ष्मी चौधरी र धिरजकुमार चौधरी, बाँकेका विष्णुप्रसाद यादव तथा बर्दियाकी दीपिका यादव रहेका छन्।यसरी लुम्बिनी प्रदेशका कपिलवस्तुबाट ४, रुपन्देहीबाट ४, बाँकेबाट ३, नवलपरासी पश्चिमबाट २ र बर्दियाबाट १ जना महाधिवेशनमा केन्द्रीय पदका लागि प्रतिस्पर्धामा छन्।जनमत पार्टीको दोस्रो महाधिवेशनमा अध्यक्ष पदमा भने डा. सीके राउतको मात्रै उम्मेदवारी परेको छ।

पार्टी निर्वाचन समितिका अनुसार अध्यक्षसहित विभिन्न पदमा देशभरबाट कुल १०३ जनाको प्रारम्भिक उम्मेदवारी परेको छ। उपाध्यक्षमा १४, महासचिवमा ३, राष्ट्रिय उपमहासचिवमा २, राष्ट्रिय सचिवमा १० तथा केन्द्रीय कार्यकारिणी सदस्यमा ७३ जनाको उम्मेदवारी परेको छ।निर्वाचन कार्यतालिका अनुसार प्रारम्भिक उम्मेदवार सूचीमाथि दाबी–विरोधपछि असोज ५ गते अन्तिम नामावली प्रकाशन गरिनेछ। जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा आयोजना हुँदैछ। उद्घाटन समारोहपछि मतदान गर्ने कार्यक्रम तय गरिएको छ।

प्रकाशित : २ आश्विन २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६