ब्रेकिंग न्युज

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौँ, ७ असोज

पुनर्गठन र पुनर्निर्माणको बहसमा केन्द्रित नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिनको बैठक आज पनि हुँदैछ । अहिले ९ः०० बजेबाट सुरु हुने बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहनेछ । सो पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार मङ्गलबारसम्म ११८ जना केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि धारणा राखिसकेका छन् भने आज बाँकी सदस्यहरूले धारणा राख्ने छन् । केन्द्रीय सदस्यहरूलाई बोल्नका तीन मिनेटको समय उपलब्ध गराइएको छ । प्रचार विभाग आचार्यका अनुसार आज अबरेसम्ममा सबै केन्द्रीय सदस्यले धारणा राखिसकेपछि बिहीबार पार्टी सचिवालयको बैठक बस्ने तयारी छ । सचिवालय बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने र उक्त निर्णयहरु अनुमोदनका लागि पुनः केन्द्रीय समितिमा प्रस्तुत गरिने उहाँले बताउनुभयो ।

प्रकाशित : ७ आश्विन २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६