देश

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी



मस्को,१० असोज (रासस/ सिन्ह्वा ) :

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तनाव बढाउने गतिविधिले युक्रेनले खोजेको परिणाम हासिल गर्न नसक्ने र त्यसले अवस्था झनै जटिल बनाउने बताउनुभएको छ। शुक्रबार पत्रकार सम्मेलनमा पुटिनले युक्रेनले कुनै पनि उत्तेजक गतिविधि वा तनाव बढाउने कदमबाट आफूले चाहेको परिणाम प्राप्त गर्न नसक्ने बताउनुभयो। उहाँका अनुसार यस्ता गतिविधिले युक्रेनकै अवस्था थप कठिन बनाउनेछ। रुसले गरेको सैन्य जवाफी कारबाहीपछि युक्रेनले ऊर्जा संरचनामाथिका आक्रमण तथा हवाई हमलासहित विभिन्न क्षेत्रमा युद्धविरामसम्बन्धी व्यवस्था गर्न खोजेको पुटिनले दाबी गर्नुभयो। युक्रेनले कथित रूपमा समुद्री नाकाबन्दी लागू गर्ने प्रयास गर्नुका साथै भण्डारण केन्द्र तथा नागरिक पूर्वाधारमा आक्रमण गरेको भन्दै रुसले त्यसको जवाफ दिन थालेको उहाँले बताउनुभयो। रुसी आकलनअनुसार युक्रेनका गतिविधिका कारण कृष्ण सागरमा रहेका १०० भन्दा बढी पानीजहाजमा क्षति पुगेको पुटिनले दाबी गर्नुभयो।

प्रकाशित : १० आश्विन २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६