भैरहवा १८ असोज
लुम्बिनी विकास कोष पाँच महिनादेखि नेतृत्व विहिन अवस्थामा रहेको छ । लामो समयदेखि नेतृत्वविहीन हुँदा कोषका नियमित कामसँगै नीतिगत निर्णय, दीर्घकालीन योजना तथा वार्षिक कार्यक्रम कार्यान्वयनमा समेत प्रभाव परेको कर्मचारीले बताएका छन् ।सरकारले गत वैशाख १९ गते सार्वजनिक पदाधिकारीसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ जारी गरेपछि कोषका पदाधिकारी पदमुक्त भएका थिए । त्यसपछि नयाँ पदाधिकारी नियुक्तिका लागि आवेदन माग गरिए पनि हालसम्म नियुक्ति प्रक्रिया टुङ्गिएको छैन । कोषका विभिन्न पदमा करिब सात सय जनाले आवेदन दिएको बताइएको छ ।कोषका वरिष्ठ प्रशासनिक अधिकृत ज्ञानिन राईले निमित्त सदस्यसचिवका रूपमा प्रशासनिक काम समालिरहनुभएको छ ।
उहाँले मन्त्रालयले काम चलाउ विकास कोषले बुद्ध जन्मस्थल लुम्बिनीका साथै बृहत् लुम्बिनी क्षेत्र अन्तर्गत तथा कपिलवस्तुको तिलौराकोट, कुदान, निग्लिहवा, सगरहवा र गोटिहवा ,नवलपरासी पश्चिमको रामग्राम स्तूप, रुपन्देहीको देवदहलगायत महत्वपूर्ण बौद्ध स्थलको संरक्षण, विकास तथा व्यवस्थापन गर्दै आएको छ । ती क्षेत्रको दीर्घकालीन योजना र नीतिगत निर्णयका लागि कोषको नेतृत्व महत्वपूर्ण मानिन्छ ।पदाधिकारी नियुक्तिमा भइरहेको ढिलाइका कारण कोषका आगामी नीति, योजना र कार्यक्रमबारे अन्योल कायमै देखिएकोमा लुम्बिनी बचाऊ अभियानले चिन्ता व्यक्त गरेको छ ।
१८ आश्विन २०८३, आइतबार









प्रतिक्रिया