ब्रेकिंग न्युज

पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप



दमौली (तनहुँ), १८ असोज

जिल्लाका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका दश पालिकाका विद्यालयमा अध्ययनरत कक्षा ६ का दुई हजार पाँच सय ४२ र विद्यालयबाहिर रहेका दश वर्ष उमेरका छ किशोरीलाई खोप लगाइएको हो । जिल्लाका दशवटै स्थानीय तहका दुई सय ५४ विद्यालयमा खोपकेन्द्र तोकी अभियान सञ्चालन गरिएको थियो । व्यास नगरपालिकाका ७३५, शुक्लागण्डकी नगरपालिकाका ४६९, ऋषिङ गाउँपालिकाका ११२, बन्दीपुर गाउँपालिकाका १८६, भानु नगरपालिकाका २१६, भिमाद नगरपालिकाका २३८, आँबुखैरेनी गाउँपालिकाका दुई सय २६, घिरिङ गाउँपालिकाका ९२, देवघाट गाउँपालिकाका २२९ र म्याग्दे गाउँपालिकाका १४५ किशोरीले खोप लगाएका छन् ।

प्रकाशित : १८ आश्विन २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६