अर्थ-वाणिज्य

शिवमन्दिर सामुदायिक वनको सामुदायिक अस्पताललाई दुई लाखको औषधि सहयोग



कपिलवस्तु १८ असोज
शिवमन्दिर सामुदायिक वन उपभोक्ता समूहले कपिलवस्तु सामुदायिक अस्पताललाई दुई लाख रुपैयाँ बराबरको औषधि सहयोग गरेको छ।शनिबार आयोजित एक कार्यक्रमका बीच शिवमन्दिर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष झलक मल्ल ठकुरीसहित पदाधिकारी तथा सदस्यहरूले अस्पताललाई दुई लाख रुपैयाँ बराबरको विभिन्न औषधि हस्तान्तरण गरेका हुन्।औषधि ग्रहण गर्दै कपिलवस्तु सामुदायिक अस्पतालका कार्यबाहक अध्यक्ष लक्ष्मण अधिकारी सहित पदाधिकारीहरूले स्वास्थ्य क्षेत्रमा पु¥याएको सहयोगप्रति शिवमन्दिर सामुदायिक वन उपभोक्ता समूहलाई धन्यवाद तथा आभार व्यक्त गरेका छन्।शिवमन्दिर सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षण तथा व्यवस्थापनसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ। समूहले यस क्षेत्रका संघसंस्था तथा समुदायको उत्थानका लागि विभिन्न समयमा आर्थिक तथा भौतिक सामग्री सहयोग गर्दै आएको जनाएको छ।अस्पताललाई गरिएको औषधि सहयोगले उपचारका लागि आउने बिरामीलाई आवश्यक औषधि व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको

प्रकाशित : १७ आश्विन २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६