कोशी

भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद् अध्ययन समितिको सभापतिमा पौडेलको मात्र उम्मेदवारी



काठमाडौँ, २१ असोज

राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको सभापतिका लागि नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलको मात्र उम्मेदवारी परेको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम १६७ को उपनियम (१) बमोजिम सभापति पदका लागि आज अपराह्न ४ः०० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएकामा पौडेलको मात्र उम्मेदवारी परेको छ । राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलद्वारा जारी सूचनामा अन्तिम नामावलीअनुसार पौडेलले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिनुभएको हो । उहाँको प्रस्तावकमा सांसद श्रीकृष्णप्रसाद अधिकारी तथा समर्थकमा सांसद सम्झना देवकोटा र तुलप्रसाद विश्वकर्मा रहनुभएको छ । स्याङ्जाको भीरकोट–२ घर भएका ६६ वर्षीय पौडेलको मात्र सभापति पदमा उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुहुनेछ । सभापति चयनको औपचारिक प्रक्रिया समतिको बिहीबारको बैठकमा हुनेछ ।

प्रकाशित : २१ आश्विन २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६