ब्रेकिंग न्युज

कांग्रेस खुला सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी तथा महिला सहमहामन्त्रीमा गौतम विजयी



काठमाडौँ, २७ असोज

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी हुनुभएको छ । कांग्रेस १५औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न मतगणनामा खतिवडा र शिवाकोटी विजयी हुनुभएको हो । उक्त पदमा नौ जना प्रतिस्पर्धी हुनुहुन्थ्यो । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले खतिवडाले दुई हजार ९१० र शिवाकोटीले दुई हजार १७३ मत प्राप्त गरी विजयी हुनुभएको जानकारी दिनुभयो । डिल्लीराम सुवेदीले एक हजार ८५२, देवेन्द्रराज कँडेलले एक हजार ३८१, राजीव ढुङ्गानाले एक हजार २३२, विकास कोइरालाले एक हजार १४४, अमृत अर्यालले ९२१, रमेशप्रसाद धमलाले ७८० र विमलराज क्षेत्रीले २८३ मत प्राप्त गर्नुभयो । महिला सहमहामन्त्रीमा गौतम विजयी महिला सहमहामन्त्री पदमा प्रतिमा गौतम विजयी हुनुभएको छ । महिला सहमहामन्त्री एक पदका लागि भएको निर्वाचनमा गौतमले पाँच हजार ११६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी नानु बाँस्तोलाले एक हजार ५५४ मत प्राप्त गर्नुभयो । कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ । निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापा सर्वाधिक पाँच हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित हुनुभएको हो । उर्मिला थपलियाले तीन हजार ९७०, निमा गिरीले तीन हजार ९०६, कुसुमदेवी थापाले तीन हजार २५०, धनाकुमारी खतिवडाले तीन हजार २३१ म्त ल्याएर विजयी हुनुभएको छ । यसैगरी, विनिता खड्का, अनिता देवकोटा, रीता सेन ओली, सृजना अधिकारी, मुना भुसाल, गीता सत्याल, कल्पना तिवारी, रीता थापामगर, गङ्गा दाहाल र उमा दाहाल विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । महिला खुलातर्फको १५ सदस्यीय समूहमा निर्वाचित हुनका लागि ३६ उम्मेदवारहरूबीच प्रतिस्पर्धा भएको थियो ।

प्रकाशित : २७ आश्विन २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६