काठमाडौँ, २९ असोज
परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत मोहम्मद अब्दल्ला अली एल्टोमले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच आपसी हित र चासोका विविध विषयमा विचार आदानप्रदान भएको मन्त्रालय जनाएको छ । सो अवसरमा नेपाल र सुडानबीचको सम्बन्ध तथा पारस्परिक हितका क्षेत्रमा सहकार्यका सम्भावनाबारेमा समेत छलफल भएको थियो ।









प्रतिक्रिया