ब्रेकिंग न्युज

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता



दमौली (तनहुँ), १ कात्तिक

आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको व्यवस्था तथा भवन निर्माणलाई प्राथमिकता दिँदै पूर्वाधार विकासका काम अघि बढाएको छ । गाउँपालिकाले गत आर्थिक वर्षदेखि सडक ढलान, कालोपत्र, नयाँ सडकको ट््याक निर्माण तथा खानेपानी पाइपलाइन विस्तारलगायत कामलाई पहिलो प्राथमिकतामा राखेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासचन्द्र शर्माका अनुसार उक्त अवधिमा चार हजार ९१८ मिटर सडक ढलान, एक हजार २६४ मिटर सडक कालोपत्र र ८८१ मिटर नाली निर्माण भएको छ । यसैगरी तीन हजार ५५४ मिटर नयाँ सडकको ट्र्याक खोलिएको छ । खानेपानीतर्फ आठ हजार ५०० मिटर नयाँ पाइपलाइन विस्तार गर्नुका साथै चारवटा सार्वजनिक धारा निर्माण गरिएको शर्माले जानकारी दिनुभयो । गाउँपालिकाले एक हजार ६०० मिटर सडक मर्मत तथा सम्भार गरेको छ । सेवा प्रवाहका लागि आवश्यक भौतिक संरचना निर्माण तथा मर्मतलाई पनि गाउँपालिकाले प्राथमिकता दिएको छ । यस अवधिमा दुईवटा नयाँ भवन निर्माण र सातवटा भवन मर्मत गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । पाँच ठूला आयोजना प्राथमिकतामा गाउँपालिकाले ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्ने उद्देश्यले पाँचवटा ठूला पूर्वाधार आयोजनालाई प्राथमिकता दिएको छ । लाब्दी बुद्धसिंह राजमार्ग जोड्ने सडक आयोजनाअन्तर्गत एक हजार ८०८ मिटर सडक निर्माण गरिएको छ । खानीखोला– रिङरोड आयोजना अन्तर्गत एक हजार ३३६ मिटर सडक पनि बनेको छ । यसैगरी लाब्दी–छिम्केश्वरी सडक स्तरोन्नति आयोजनाअन्तर्गत १५८ मिटर, कुसुमबारी–पौवा खोलागाउँ सडक ढलान आयोजनाको ५६० मिटर र भुजेलगाउँ पूर्वाधार निर्माण योजनाको ४१४ मिटर सडक निर्माण भएको छ ।

प्रकाशित : २ कार्तिक २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६