अर्थ-वाणिज्य

आवासीय विद्यालय सञ्चालन गर्न महायज्ञ आयोजना



म्याग्दी, १४ कात्तिक

जिल्लाको मंगला गाउँपालिका–१ कुहुँमा रहेको दिपशिखा माध्यमिक विद्यालयलाई आवासीयमा रुपान्तरण गर्ने उद्देश्यले आर्थिक स्रोत जुटाउन महायज्ञ आयोजना गरिएको छ । यही कात्तिक २६ देखि आगामी मङ्सिर ३ गतेसम्म कुहुँस्थित विद्यालय परिसरमा सञ्चालन हुने ‘म्याग्दी मालिका टोड्के, शैक्षिक एवं धार्मिक महोत्सव, श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ’ स्थलमा पूर्वाधार निर्माण सुरु, प्रचारप्रसार र व्यवस्थापकीय तयारी तीव्र पारिएको हो । विद्यालयलाई आवासीयमा रुपान्तरण, स्मार्ट विद्यालयको अवधारणाअनुसार सूचना प्रविधिको प्रयोग गरी पठनपाठन, सिकाई उपलब्धि र गुणस्तर वृद्धि गराउने तथा खेलमैदान निर्माणका लागि जग्गा खरिद गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको प्रअ नन्दबहादुर खत्रीले जानकारी दिनुभयो । “विपन्न, भौगोलिक रूपमा विकट र अपायक पर्ने ठाउँका साथै कमजोर विद्यार्थीलाई आवासीय सुविधा दिएर अतिरिक्त कक्षा सञ्चालन गरी सिकाई उपलब्धि वृद्धि गर्ने उद्देश्य राखेका छौँ,” उहाँले भन्नुभयो, “प्रविधिको प्रयोग र शैक्षिक गुणस्तर वृद्धि गरेर अध्ययनका लागि बालबालिकालाई सहर बजार लैजाने समस्या न्युनीकरण गर्ने पनि उद्देश्य हो ।” पण्डित दीनबन्धु पोखरेलले कथाबाचन गर्नुहुने महायज्ञबाट रु तीन करोड जुटाउने र रु दुई करोड बचत गर्ने लक्ष्य राखिएको सहायक प्रअ हरिकृष्ण भट्टराईले बताउनुभयो । भागवत पाठ–पारायण, पुजाआजा, भजनकिर्तन, कशलयात्रा, आरती, झाकी प्रर्दशनि गरिने उहाँले बताउनुभयो । कक्षा १ देखि १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल १९६ जना विद्यार्थी छन् । विसं २०१७ मा स्थापना भएको विद्यालयले विसं २०४७ देखि माध्यमिक र विसं २०६५ देखि दश जोड दुई तहको पठनपाठन सञ्चालन गर्दै आएको व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर घर्ती क्षेत्रीले बताउनुभयो ।

प्रकाशित : १५ कार्तिक २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६