देश

न्यायालयको पुनःसंरचनाका लागि संसद्मार्फत अघि बढ्ने रास्वपाको निष्कर्ष



काठमाडौँ, १४ कात्तिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायालयमा देखिएको विकृति र विसङ्गति अन्त्यका लागि संसद्मार्फत अघि बढ्ने निष्कर्ष निकालेको छ । पार्टी मुख्यालयमा आज सम्पन्न सचिवालय बैठकले न्यायालयको पुनःसंरचनाका लागि संसदीय दललाई निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो । “न्यायालयमा देखिएका व्यथिति र विसङ्गति तथा केही न्यायाधीशलाई जोडेर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा जति सन्दर्भ आइरहेका छन्, यो विषयलाई अब निरुपण गर्नुपर्छ”, बैठकको निष्कर्ष सुनाउँदै उहाँले भन्नुभयो, “न्यायलयको पुनःसंरचना गर्नुपर्ने आवश्यकता महसुस भएको अवस्थामा अब संसद्बाट यसको निरुपण खोज्नुपर्छ ।”

प्रकाशित : १५ कार्तिक २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६