देश

सामाजिक विकास देखि सार्वजनिक जग्गा संरक्षण सम्म बाणगंगाको प्राथमिकता



प्रेसपाटी डेक्स २० असोज

कपिलवस्तुको बाणगंगा नगरपालिकाले सामाजिक विकास, सुशासन, आर्थिक व्यवस्थापन, स्वास्थ्य, पोषण तथा सार्वजनिक सम्पत्ति संरक्षणका विषयलाई प्राथमिकतामा राख्दै महत्वपूर्ण विषयमा छलफल तथा निर्णय गरेको नगरपालिकाले जनाएको छ।
नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा कात्तिक २० गते सम्पन्न छैटौँ कार्यपालिका बैठकले नगरको समग्र विकास र सेवा प्रवाहसँग जोडिएका विभिन्न विषयलाई कार्यसूचीमा समेटेको हो। बैठकमा नगर उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डे वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो।


नगर प्रवक्ता विष्णुप्रसाद पौडेलका अनुसार बैठकमा अघिल्लो कार्यपालिका बैठकका निर्णयको समीक्षा, हाल सम्मको आयव्यय अवस्था, योजना तथा कार्यक्रमको प्रगति र रकम भुक्तानीसम्बन्धी विषयमा छलफल भएको थियो। अवकाश प्राप्त कर्मचारीलाई उपदान तथा सहायता उपलब्ध गराउने विषय पनि बैठकको कार्यसूचीमा समावेश गरिएको थियो।
नगरपालिकाले सामाजिक न्याय र नागरिकको आवास तथा भूमि सम्बन्धी अधिकारसँग जोडिएको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको प्रमाणीकरण गरिएका निवेदनसम्बन्धी विषयलाई समेत बैठकमा उठाएको छ। भूमिसम्बन्धी समस्या समाधानको प्रक्रिया व्यवस्थित बनाउनु स्थानीय तहका लागि महत्वपूर्ण जिम्मेवारी भएकाले यस विषयलाई बैठकमा समेटिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
त्यस्तै नगरको भाषा, साहित्य, कला र संस्कृतिको विकास तथा प्रवद्र्धनसँग सम्बन्धित प्रज्ञा प्रतिष्ठानको बजेट तथा कार्यक्रमसम्बन्धी प्रस्ताव पनि बैठकमा प्रस्तुत भएको छ। यसले भौतिक विकाससँगै बौद्धिक तथा सांस्कृतिक विकासलाई पनि नगरको कार्यसूचीमा स्थान दिएको देखिन्छ।
बैठकमा बजार अनुगमनको प्रतिवेदन स्वीकृति, शृङ्गीघाट नहर सफाइका क्रममा निकालिएको नदीजन्य पदार्थको व्यवस्थापन तथा एकीकृत घुम्ती शिविर सञ्चालनसम्बन्धी विषयमा समेत छलफल भएको थियो।
बैठकको विविध कार्यसूचीमा सामाजिक तथा मानवीय विकाससँग सम्बन्धित विषयले विशेष महत्व पाएका छन्। सुनौला हजार दिनका विपन्न महिलाको पोषण सुधारका लागि आयआर्जन अनुदान उपलब्ध गराउने प्रयोजनका लागि टोल छनोट गर्ने, पोषणमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि बजेट विनियोजन गर्ने तथा सार्वजनिक जग्गा संरक्षण गर्ने विषय समावेश गरिएका छन्।
यसैगरी जग्गा प्राप्तिका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) सम्बन्धी विषय समेत बैठकको कार्यसूचीमा राखिएको सहायक प्रशासकिय अधिकृत ्दिपक पाण्डेले जानकारी दिनु भयो ।

प्रकाशित : २१ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६