देश

तिहार विशेष रैथाने मेलामा स्वदेशी उत्पादनको प्रवर्द्धन



काठमाडौँ, २१ कात्तिक

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वदेशी तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले तिहार विशेष रैथाने मेला आयोजना गरेको छ । थापाथलीस्थित कम्पनीको कार्यालय परिसरमा आजदेखि सुरु भएको मेलाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले उद्घाटन गर्नुभयो । मेला यही कात्तिक २३ गतेसम्म सञ्चालन हुने कम्पनीका प्रवक्ता माधव मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार तिहार तथा छठ पर्वलाई लक्षित गरी नेपाली उत्पादन, स्वदेशी उद्यम र स्थानीय उत्पादनको बजार प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । हाल तीन दिनका लागि आयोजना गरिएको मेलालाई आगामी दिनमा प्रत्येक शनिबार र आइतबार नियमित बजारका रूपमा सञ्चालन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । मेलामा तिहार तथा छठ पर्वमा प्रयोग हुने परम्परागत खाद्यवस्तु, सांस्कृतिक सामग्री, कृषि उपज, हस्तकलाका सामग्री तथा अन्य स्वदेशी उत्पादनको प्रदर्शनी र बिक्रीका लागि राखिएको छ । मेलामार्फत स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, नेपाली उद्यमी तथा उत्पादकलाई प्रोत्साहन गर्ने र स्वदेशी वस्तुको उपभोग बढाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । कम्पनीले ‘स्थानीय उत्पादन किनौँ, नेपाली उद्यमलाई चिनौँ र स्वदेशी अर्थतन्त्रलाई बलियो बनाऔँ’ भन्ने सन्देशसहित उपभोक्ता तथा सर्वसाधारणलाई मेलामा सहभागी हुन आह्वान गरेको छ । –––

प्रकाशित : २२ कार्तिक २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६