ब्रेकिंग न्युज

विपन्नको उपचार गर्न महायज्ञ



तुलसीपुर (दाङ), ३० कात्तिक

विपन्न नागरिकको उपचारमा आर्थिक सहायता जुटाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले श्रीमद्भागवत जीवन विज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । दीर्घरोगीसहित अन्य बिरामीलाई आर्थिक सहयोगका लागि महायज्ञ आयोजना गर्न लागिएको वडाध्यक्ष माधव वलीले बताउनुभयो । आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाका नागरिकलाई सहयोग गर्न महायज्ञ आयोजना गरिएको जानकारी दिनुभयो । महायज्ञबाट सङ्कलित रकम कोषमा जम्मा गरिने वडाध्यक्ष वलीले बताउनुभयो । कोषको रकमलाई वडाको सिफारिस समिति र कोष परिचालन समितिले पारित गरेपछि भुक्तानी गरिनेछ । उपमहानगरपालिकाले सोसम्बन्धी कार्यविधि तयार पारेको छ । उहाँका अनुसार आगामी मङ्सिर ६ देखि १५ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । महायज्ञबाट करिब रु एक करोड आर्थिक सङ्कलन गर्ने लक्ष्य राखिएको छ । महायज्ञको मुख्य वाचकका रूपमा पण्डित अमृतशरण देवाचार्य रहनुहुनेछ ।

प्रकाशित : १ मंसिर २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६