देश

नेपालको सार्वभौम क्रेडिट रेटिङ अङ्क बढेर ३.६६ पुग्यो



काठमाडौँ, १ मङ्सिर

नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ)को अङ्क गत वर्षको तुलनामा वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार अन्तरराष्ट्रिय रेटिङ संस्था फिचको सोभरेन रेटिङ मोडल (एसआरएम) मा नेपालको अङ्क गत वर्षको ३.४७ बाट ०.१९ अङ्कले वृद्धि भई यस वर्ष ३.६६ पुगेको हो । फिचको मूल्याङ्कन प्रणालीमा ‘बिबी–’ (डलब बी माइनस) रेटिङ प्राप्त गर्न न्यूनतम ३.५ अङ्क आवश्यक पर्ने व्यवस्था छ । गत वर्ष नेपालको एसआरएम अङ्क न्यूनतम सीमाभन्दा कम रहेकाले गुणात्मक मूल्याङ्कनका आधारमा एक तह थप गरी ‘बिबी–’ रेटिङ प्रदान गरिएको थियो । तर, यस वर्ष नेपालले कुनै अतिरिक्त ग्रेस अङ्क वा सहुलियतबिना आफ्नै मूल्याङ्कन अङ्कका आधारमा ‘बिबी–’ रेटिङ प्राप्त गरेको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । फिच रेटिङले नेपालको सार्वभौम क्रेडिट रेटिङ लगातार तेस्रो वर्ष स्थीर अर्थात् ‘डबल बी माइनस’ मा कायम राखेको छ । हालै रसुवा, बूढीगण्डकीलगायत क्षेत्रमा गएको विनाशकारी बाढीबाट उत्पन्न प्रतिकूल परिस्थितिका बाबजुत नेपालको क्रेडिट रेटिङ अङ्कमा वृद्धि हुनु महत्वपूर्ण उपलब्धि भएको अर्थ मन्त्रालयको भनाइ छ । सरकारले अघि बढाएका सुशासनसम्बन्धी कदम तथा समग्र आर्थिक सुधारका कार्यक्रमले नेपालको सार्वभौम क्रेडिट रेटिङमा सकारात्मक प्रभाव पारेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सार्वभौम क्रेडिट रेटिङले कुनै देशको आर्थिक अवस्था, वित्तीय स्थायित्व तथा ऋण दायित्व पूरा गर्न सक्ने क्षमताको मूल्याङ्कन गर्दछ । यसले अन्तरराष्ट्रिय वित्तीय बजारमा मुलुकको विश्वसनीयता, वैदेशिक लगानीको वातावरण तथा बाह्य ऋण प्राप्त गर्ने क्षमताको आकलन गर्न महत्वपूर्ण आधार प्रदान गर्दछ ।

प्रकाशित : २ मंसिर २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६