म्याग्दी, ३ कात्तिक
बेनी नगरपालिका–६ जामुनाखर्कस्थित आधारभूत विद्यालयको दुई कोठे भवन प्रवासी नेपालीको सहयोगमा निर्माण भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बहराइन र नेपाली क्लब अफ बहराइनको सहयोगमा उक्त भवन निर्माण भएको हो । बहराइनबाट रु पाँच लाख र स्थानीयबाट रु दुई लाख चन्दा सङ्कलन गरी भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । कक्षा ३ सम्म पठनपाठन हुने उक्त विद्यालयमा हाल १६ जना बालबालिका अध्ययनरत छन् । बेनी नगरपालिका–६ का वडासदस्य राधिका विश्वकर्माको नेतृत्वमा सहयोगी संस्थाका प्रतिनिधिलाई स्वागत र सम्मान गरिएको थियो । —









प्रतिक्रिया