अर्थ-वाणिज्य

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन



वीरगञ्ज (पर्सा), ३ मङ्सिर

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिक महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार गत कात्तिकमा रु १७ अर्ब ७९ करोड राजस्व सङ्कलन भएको छ । सो महिनामा रु १७ अर्ब ६४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । भन्सार कार्यालयले लक्ष्यभन्दा रु १५ करोड बढी सङ्कलन गरेको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिनुभयो । गत कात्तिकमा पेट्रोलियम पदार्थ, औद्योगिक कच्चापदार्थ, सवारीसाधन तथा पार्टपुर्जा, खाद्यान्न, फलामलगायत विभिन्न व्यापारिक वस्तुको आयातबाट सबैभन्दा बढी राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ । सो भन्सार कार्यालयले गत भदौदेखि लगातार लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्दै आएको छ । असोज महिनामा मात्रै कार्यालयले रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको थियो । कार्यालयले वार्षिक लक्ष्यको करिब ३० प्रतिशत राजस्व सङ्कलन गरिसकेको प्रमुख भन्सार प्रशासक मैनालीले जानकारी दिनुभयो ।

प्रकाशित : ४ मंसिर २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६