ब्रेकिंग न्युज

बुद्धभूमि नगरपालिकाद्वारा तीन पत्रकार नगद सहित सम्मानित



कपिलवस्तु ३ मंसिर

बुद्धभूमि नगरपालिकाले नगरको विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न गतिविधिलाई सञ्चार माध्यममार्फत आम नागरिक समक्ष पु¥याउन योगदान गरेको भन्दै तीन जना पत्रकारलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
नगरपालिकाको २०औँ नगरसभा अधिवेशनको अवसरमा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका उपाध्यक्षद्वय खगप्रसाद चापागाईं र दीपा महत तथा महासंघका निवर्तमान सचिव जानु पाण्डेलाई सम्मान पत्र सहित नगद पुरस्कार प्रदान गरिएको हो।


नगरपालिकाका विकास निर्माणका गतिविधि, स्थानीय सरकारका कामकारबाही तथा विभिन्न सार्वजनिक सरोकारका विषयलाई सञ्चारमाध्यम मार्फत समाचारका रूपमा प्रकाशन तथा प्रसारण गरी नागरिकलाई सुसूचित गराउन पु¥याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ।

स्थानीय तहका योजना, कार्यक्रम, विकास निर्माण र सेवा प्रवाहका विषय नागरिक सम्म पु¥याउनुका साथै सार्वजनिक निकायलाई जवाफदेही बनाउन पत्रकारिताको महत्वपूर्ण भूमिका रहँदै आएको छ। यस सन्दर्भमा स्थानीय पत्रकारको योगदानको कदर गर्दै प्रदान गरिएको सम्मानले पत्रकारिता क्षेत्रलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

पत्रकारलाई सम्मान गर्ने यस्ता कार्यक्रमले स्थानीय सरकार र सञ्चार क्षेत्रबीच रचनात्मक सम्बन्ध विस्तार गर्नुका साथै सार्वजनिक सरोकारका विषयमा तथ्य परक सूचना प्रवाह र सकारात्मक पत्रकारितालाई थप ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ।

प्रकाशित : ४ मंसिर २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६