देश

सक्षम स्थानीय तहबाटै सङ्घीयताको अनुभूति हुन्छ : अध्यक्ष ओली



काठमाडौँ, ४ मङ्सिर

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह सक्षम र सबल भए मात्र जनताले सङ्घीयताको वास्तविक अनुभूति गर्न पाउने बताउनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमालेका स्थानीय तहका जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै उहाँले स्थानीय तहको सबलीकरणले विकास निर्माणका कामलाई गति दिने बताउनुभयो । उहाँले स्थानीय तहलाई स्वायत्त बनाउनुपर्नेमा जोड दिँदै कार्यकारी, विधायिकी र न्यायिक अधिकार प्रदान गर्नुपर्ने बताउनुभयो । स्थानीय तहको सवलीकरणले देशलाई कुनै हानि नगर्ने उहाँको भनाइ थियो । कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले जनप्रतिनिधिलाई जनताको आलोचना होइन, विश्वास जित्ने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनका बेला जनतासँग देखाएको विनम्रता निर्वाचित भएपछि पनि कायम राख्नुपर्ने बताउनुभयो । जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गरे वा नगरेको मूल्याङ्कन आगामी निर्वाचनबाट हुने उल्लेख गर्दै महासचिव पोखरेलले एमालेका जनप्रतिनिधिलाई सुशासनको नेतृत्व गर्न आग्रह गर्नुभयो । भेलामा देशभरबाट एमालेका तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सहभागिता रहेको छ ।

प्रकाशित : ५ मंसिर २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६