जेरुसेलम, ४ मङ्सिर (रासस/सिन्ह्वा)
सन् २०२६ को पहिलो १० महिनामा चीनबाट इजरायलमा हुने वस्तु आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.६ प्रतिशतले वृद्धि भएको छ। इजरायलको केन्द्रीय तथ्याङ्क ब्युरोले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनवरीदेखि अक्टोबरसम्म चीनबाट १४ अर्ब ६० करोड अमेरिकी डलर बराबरका वस्तु आयात भएका छन्। यससँगै चीन इजरायलको सबैभन्दा ठूलो आयात स्रोत मुलुक बनेको छ। चीनले अमेरिका र जर्मनीलाई पछि पार्दै इजरायलको प्रमुख व्यापारिक साझेदारका रूपमा आफ्नो स्थान कायम गरेको छ। तथ्याङ्कअनुसार अक्टोबर महिनामा मात्रै चीनबाट इजरायलमा एक अर्ब ३९ करोड अमेरिकी डलर बराबरका वस्तु आयात भएका छन्। यो गत वर्षको सोही महिनाको तुलनामा २५.१ प्रतिशतले बढी हो। पहिलो १० महिनाको समग्र आयात वृद्धिसँगै अक्टोबर महिनामा समेत उल्लेख्य वृद्धि देखिनुले चीनबाट इजरायलतर्फ हुने वस्तुको आपूर्ति निरन्तर बढिरहेको तथ्याङ्कले देखाएको छ। इजरायलको केन्द्रीय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको विवरणले चीन इजरायलका लागि अमेरिका र जर्मनीभन्दा ठूलो आयात स्रोत रहेको पुष्टि गरेको छ।









प्रतिक्रिया