अन्तर्राष्ट्रिय

अनेसासको अध्यक्षमा पाण्डेय निर्वाचित



वासिङ्गटन डिसी (अमेरिका), ८ मङ्सिर

प्रवासमा रहेका नेपाली भाषा र साहित्यको क्षेत्रका क्रियाशील साहित्यकारको संस्था अन्तरराष्ट्रिय साहित्य समाज अनेसासको बोर्ड अफ ट्रष्टीको अध्यक्षमा तीर्थराज पाण्डेय निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचन समितिले सोमबार जारी गरेको सूचनाअनुसार उपाध्यक्षमा राम खत्री, महासचिवमा प्रकाश नेपाल र कोषाध्यक्षमा नेत्रबन्धु पोख्रेल निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यमा ईश्वरी भट्ट, सन्ध्या पहाडी र नीलकण्ठ सुवेदी निर्वाचित हुनुभएको छ । निर्वाचित समितिको चार वर्षे कार्यकाल रहने विधानमा व्यवस्था छ । अध्यक्ष पाण्डेयले निर्वाचित भएपछि राससलाई प्रतिक्रिया दिँदै भन्नुभयो, “अनेसासको मर्म र भावनाअनुसार काम गर्न थप उत्प्रेरित गरेको छ, प्रवासी भूमिमा साहित्य लेखनमा क्रियाशीललाई थप सशक्त र गोलबद्ध गराउन विशेष पहल गर्नेछु ।” अनेसासका विश्वभरि दर्जनौँ च्याप्टरमा तीन हजारभन्दा बढी आजीवन सदस्य रहेका छन् ।

प्रकाशित : ९ मंसिर २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६