काठमाडौं, ११ मंसिर
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री शाहले बिहीबार शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटमा प्रधानमन्त्री शाहले मंसिर ६ र ७ गते सम्पन्न भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो। भेटका क्रममा मुलुकको समसामयिक अवस्था र सरकारका कामकारबाहीबारे समेत छलफल भएको उहाँले जानकारी दिनुभयो।
राष्ट्रपति पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेको केही समयपछि प्रधानमन्त्री शाह शीतल निवास पुग्नुभएको थियो। श्रोत अनलाइन खबर









प्रतिक्रिया