ब्रेकिंग न्युज

राजापानी क्षेत्रको गुरु योजना कार्यान्वयन गर्न २६ करोड जुटाइन्छ : सांसद पन्थी



कपिलवस्तु , २९ पुस ।ऐतिहासिक महत्व बोकेको राजापानीलाई पर्यटकिय गन्तब्य सँगै वनको विकास गर्न सबैको सहकार्य आवश्यक रहेको लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले बताउनु भएको छ ।राजापानी सामुदायिक वन उपभोक्ता समुह बाणगंगा नगरपालिका वडा नम्बर ३ को १९ औं वार्षिक साधारण सभा तथा नवौ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।तीनतहका सरकार र उपभोक्ता मिलेर राजापानी क्षेत्रको गुरु योजनाकालागि २६ करोड जुटाइन्छ सांसद पन्थीले बताउनु भयो । लुम्बिनी,तिलौराकोटमा आउने पर्यटकलाई पर्यटकिय स्थल राजापानीमा ल्याउनु पर्ने बताउदै भविष्यमा राम्रो पर्यटकिय गन्तब्य सँगै वनको विकास पनि हुने तर्क गर्नुभयो ।

साथै उहाँले यस क्षेत्रको विकासमा प्रदेश सरकारको सधै साथ सहयोग हुने जिकिर गर्नु भयो ।प्रदेश सासंद पन्थीले सबैको साझा प्रयासबाट नै वन र राजापानीलाई व्यवस्थित बनाउन सकिने बताउदै अझै यसलाई प्रचार प्रसार गर्न आवश्यक रहेको तर्क गर्नुभयो ।यस्तै जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले राजापानी सामुदायिक वन यस क्षेत्रको नमुना वनको रुपमा स्थापित भएको बताउदै यसले लिएको विकासले जिल्लाको पहिचान बनेको स्पष्ट भयो । सव डिभिजनका रविन्द्र खनालले वनहरुले वनको ऐन कानुन र प्रविधि परिभित्र रहेर काम गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय अपाङग माहासंघका निवर्तमान अध्यक्ष मित्रलाल शर्माले कपिलवस्तुको चिनारी राजापानीले भविष्यको सुन्दर चित्र कोरेको बताउनु भयो । यस्तै राजापानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ढाकाराम अधिकारीले क्षेत्रकै गहनाको रुपमा रहेको सामुदायिक वन भविष्यमा आर्थिक,सामाजिक तथा पर्यावरणिय विकासमा कोषेढुङगा साबित हुने बताउनु भयो । यस्तै सचिवको प्रतिवेदन सीतादेवी पौडेल,कोषाध्यक्षको प्रतिवेदन कृष्ण पौडेल र लेखा संयोजक विष्णु प्रसाद अर्यालले आर्थिक गतिविधिका बारेमा बताउनु भएको थियो ।कार्यक्रममा पाटीहरुको तर्फबाट नेकपा माओवादी केन्द्रका नारायण भुषाल, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, राजापानी सामुदायिक वनका सल्लाकार सदस्य दोणराज सुवेदी,दलबहादुर कुँवर, संस्थाका पुर्व अध्यक्ष गोविन्द पोख्रेल,कालिका सामुदायिक वनका अध्यक्ष सुनिता गुजुवाले बोल्दै बाणगंगा नगरपालिका सँगै कपिलवस्तु जिल्ला र लुम्बिनी प्रदेशको समेत सुन्दर भविष्य निर्माणमा राजापानी सामुदायिक वनले महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्नेमा बिश्वास ब्यक्त बताउनु भयो ।

ढाकाराम अधिकारीको अध्यक्षता, उपाध्यक्ष नर बहादुर चौधरीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव सीतादेवी पौडेलले गर्नु भएको थियो । उक्त कार्यक्रममा विभिन्न संग संस्थाका प्रतिनिधि, राजनितिक प्रतिनिधि, बुद्धिजीवी,समाजसेवी राजापानी सामुदायिक वन उपभोक्ता समुहका सदस्यहरु लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : २९ पुस २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६