अर्थ-वाणिज्य

मुख्यमन्त्री गिरीलाई कांग्रेस वाहेक सबैको मत : नेकपा एसले छाड्यो कांग्रेसको साथ




दाङ ५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएका छन् । आज दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत पाएका हुन् ।नेपालको संविधानको धारा १८८ को उपधारा९१० तथा लुम्बिनी प्रदेश नियमावली २०७९ को नियम १४५ को उपनियम९४० बमोजिम बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिए । ८ राजनीतिक दल र दुई स्वतन्त्र सांसदगरी ५७ जनाले पक्षमा मतदान गर्दै गिरीलाई विश्वासको मत दिएका छन् । मुख्यमन्त्री गिरीलाई एमालेको २९, माओवादी केन्द्रको ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको ४–४, जसपा, लोसपा र जनमतका ३–३, नेकपा एकीकृत समाववादी १ र २ स्वतन्त्र सांसदहरुको सहित ५७ जनाले पक्षमा मतदान गेका छन् । नेकपा माओवादी स‌ंसदीय दलका नेता जोखबहादुर महराको आमाको निधन भएपछि उनी उपस्थीत भएनन् । सभामुख पनि मतदानमा सहभागी भएनन् । जसले गर्दा विश्वासको मत ५७ र विपक्षमा २८ मत खस्यो ।

सरकार गठनमा पक्षमा नरहेको एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य भगवती अधिकारीले विश्वासको मत भने मुख्यमन्त्री लिला गिरीलाइ दिइन । छलफल र समाझदारीका आधारमा उनले विश्वासको मत दिएकी हुन्।मुख्यमन्त्री गिरीको विपक्षमा नेपाली कांग्रेसको २७ र राष्ट्रिय जनमोर्चाको एक गरी विपक्षमा २८ जनाले मतदान गरेका छन् ।मुख्यमन्त्रीले कुनैपनि बखत आफूमाथि विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्तमानेमा विश्वासको मत का लागी प्रदेश सभा समक्ष प्रस्ताव राख्ने सक्ने प्राब्धान संविधानमा छ । मुख्यमन्त्री लिला गिरीले प्रदेशलाई समृद्ध बनाउन साझा उद्देश्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित : ५ माघ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६