ब्रेकिंग न्युज

ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु



पाल्पा, २१ माघ ।ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। स्कुटरमा सवार आमा छोराको मृत्यु भएको हो। तानसेनबाट बगनासकाली गाउँपालिका झिरभञ्ज्याङ जाँदै गरेको लु २ त ९८८४ ट्याक्टरले सोही दिशातर्फ जादै गरेको लु ५३ प ७५७१ नम्वरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार ३९ वर्षीया मीना थापा र उनका छोरा १९ वर्षका अभिषेक थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

साढे ९ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि पाल्पा अस्पताल पुर्‍याइएको थियो। अस्पतालले साढे १० बजे दुवै जनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताए।ट्याक्टर चालक र सहचालकलाई नियन्त्रण लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित : २१ माघ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६