अर्थ-वाणिज्य

संघिय कर्मचारी ऐन छिटटै ल्याउनु सरकारको पहिलो प्राथमिकता :मन्त्री मोदी




माधव बेल्वासे
चन्द्रौटा,२१ माघ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमानलाल मोदिले अहिलेको सरकारको पहिलो प्राथमिकता सुशासन रहेको बताउनुभयो । देशमा सुशासन भएमा विकासले फड्को मार्न समय नलाग्ने जिकिर गर्नुभयो ।नेकपा माओवादी केन्द्र शिवराज नगर समिति कपिलवस्तुले शनिवार चन्द्रौटामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा माओवादी प्रति जनताको भरोसा रहेकोले अहिलेको सरकारलाई धेरै जिम्मेवारी रहेको बताउनुभयो । निर्वाचन पश्चात् माओवादी केन्द्रको नेतृत्वमा सरकार बनेकोले पार्टीलाई मजबुत बनाउँदै देश र जनताको काममा सबै नेता कार्यकर्ता लाग्न आग्रह गर्नुभयो । पार्टी कमजोर भएमा एजेन्डाहरूलाई स्थापित गर्न नसकिने भन्दै सबै भन्दा पहिलो काम भनेको पार्टीलाई बलियो बनाउनु रहेको बताउनुभयो ।
मन्त्री मोदिले अहिले सङ्घीय कर्मचारी ऐन ल्याउने विषयमा केन्द्रित रहेको जिकिर गर्नुभयो । प्रशासन भित्र बेथितिहरू रहेकोले सुधार गर्दै अन्यायमा परेका कर्मचारीहरूलाई न्याय दिनुपर्नेमा जोड दिनुभयो । कुनै पनि कर्मचारीहरूले जनताको काम नगरेमा खबर गर्न आग्रह गर्नुभयो । राष्ट्रसेवक कर्मचारी भएर जनताको काम गर्दैन भन्न पाउने अधिकार नभएको भन्दै सहज रूपमा नागरिकहरूले सेवा पाउनुपर्ने आफ्नो मुख्य एजेन्डा रहेको मन्त्री मोदिले बताउनुभयो । मन्त्री मोदि,मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद वेग लगायतको टोली कपिलवस्तुको बिजयनगरमा विभिन्न क्षेत्रको अवलोकन समेत गर्ने जनाइएको छ ।

प्रकाशित : २१ माघ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६