प्रदेश

कपिलवस्तुबाट निर्मूल भएन हात्तिपाइले, फागुन ११ बाट १५ औँ पटक औषधी खुवाईदै




हरि घिमिरे
कपिलवस्तु, २४ माघ ।
१५ औँ पटक औषधी खुवाउदाँ पनि कपिलवस्तुबाट हात्तिपाईले रोग निर्मूल नभएपछि खुवाइने भएको छ । यहिँ फागुन ११ गते बाट १५ औँ पटक औषधी खुवाउईने भएको हो । सबैले औषधी सेवन नगर्दा कपिलबस्तुमा हात्तीपाईले रोग बिरुद्धको औषधी खाने अभियान १५ औं पटक संचालन गर्न लागिएको स्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ ।
सोमवार बाणगंगा नगरपालिका स्वास्थ्य साखाको आयोजना नगर स्तरीय हात्तिपाईले आम औषधी सेवन कार्यशाला गोष्ठी गरीएको छ । कपिलबस्तु सहित नेपालमा गतबर्षबाट हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रममा तीनथरिका औषधी खुवाइदै आएकोमा सोहि अभियानलाई निरन्तरता दिइएको गोष्ठीमा जानकारी गराईएको हो ।
आर्थिक बर्ष २०६३/६४ देखि सुरु भएको अभियानको पाँचबर्षमा अभियान सफलतोन्मूख रहेतापनि त्यसपछिका अभियानहरु लक्ष्य भेटाउन असफल भएको तथ्यांक प्रस्तुत गरिएको थियो ।
बाणंगामा पनि हात्तिपाईले रोग विरुद्धको आम औषधी सेवन अभियान लाई तिव्रता दिईने भएको छ । माछापुच्छ्रे होटेलमा संचालित स्थानीय तहलाई नगर स्तरिय योजना तथा बहुनिकाय गोष्ठीमा सो जानकारी गराइएको हो । कपिलवस्तुमा हात्तीपाईले निवारणका लागि बिगत १४ बर्ष देखि अभियान संचालन हुदै आएको छ । स्वास्थय कार्यालयका जन स्वास्थय निरीक्षक उमेश चन्द्र घिमिरेले जिल्लामा अझै ८ दशमलव ३९ प्रतिशतमा हात्तीपाईलेका जीवाणु फेला रहेको बताउनुभयो । गत बर्ष बाणगंगा नगरपालिकामा अनुसारको ९२ प्रतिशतले औषधी सेवन गरको भने पनि ७८ प्रतिशले मात्र औषधी सेवन गरको पाईएको उहाले बताउनुभयो ।

बिगत बर्षहरुमा यो रोग बिरुद्ध आम औषधी सेवन ( एमडिए ) संचालन गरिएकोमा गत बर्ष देखि आईडिए अभियान चलाइएकोे जानकारी दिनु भयो । थपिएको आईभरमेक्टीन सहीत डिईसि र एडभेन्डाजोल गरी ३ प्रकारका औषधी अभियानमा खुवाउने कार्यक्रम छ । यी औषधी २ बर्ष सेवन गरे हात्तीपाईलेबाट छुटकारा पाईने छ । औषधी जनचेतनाको कमी र बिभिन्न भ्रम रहेकाले यो निवारण हुन नसकेको बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी आर्यालले बताउनुभयो । ओषधीले अरु असर गर्ने हो कि भन्ने डर लगायत, श्रमरोजगरी गरी खाने मजदुरहरुलाई छ्टेका बर्गाहरुलाई खोजी खोजी औषधी खुवाने कार्यक्रम रहेको स्वास्थय शाखाप्रमुख ठगराज पौडेलले बताउनुभयो ।
२०६९ को पाँचौ चरणमा ०.८३ प्रतिशत, २०७० को छैठौं चरणमा ४.७५ प्रतिशत, २०७२ को आठौंं चरणमा १३ प्रतिशत र २०७४ को दशौं चरणमा १२.५ प्रतिशत आम औषधी सेवनबाट छुटेको तथ्यांकमा देखिन्छ । हात्तीपाइलेका कारण कपिलबस्तुमा हाईड्रोशिल भएका १ सय ८५, खुट्टा सुन्निएका १ सय ३२ र हाइड्रोशिलसँगै खुट्टा सुन्निएका १४ गरि ३ सय ३१ जनामा संक्रमण रहेको स्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ । २ बर्ष मुनिका बालबालिका, गर्भवती, औषधी खान नहुने समूहबाहेक सबैलाई औषधी खुवाइँदै छ । कार्यक्रम अन्तर्गत ६ सय भन्दा बढि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेवक ११ सय ७ जना खटिने छन् ।

प्रकाशित : २४ माघ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६