बुटवल २५ बैशाख । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसभित्र मन्त्रीका धेरै आकांक्षी भएपछि सरकार विस्तारमा समस्या देखिएको छ । यसमा पनि दुई गुटबाट मन्त्रीका लागि आकांक्षी धेरै भएका कारण थप समस्या देखिएको छ । नेपाली कांग्रेसबाट अहिले प्रदेश उपसभापति राजु खनाल, पाल्पाका वीरबहादुर राना, रुपन्देहीका अब्दुल रज्जाक, प्रमुख सचेतक जन्मजय तिमिल्सिना, रुपन्देहीका बसिउद्दिन खाँ, बर्दियाका भुवनेश्वर…