खोज–अनुसन्धान

३३ वर्षीया नर्सले अस्पतालमै ७ शिशुको हत्या गरेको ठहर




लन्डन ३ भदौ ।७ जना बच्चाको हत्या गर्ने बेलायती नर्स दोषी ठहर भएकी छन्।म्यानचेष्टर क्राउन कोर्टले शुक्रबार ३३ वर्षीया नर्स लुसी लेट्बीलाई ७ बच्चाको हत्या र ६ बच्चाको ज्‍यान मार्ने उद्योगमा दोषी ठहर गरेको सिएनएनले जनाएको छ। उनले बच्चाहरूको पेट र रगतमा इन्सुलिनबाट हावा भरेको, अत्यधिक दूध खुवाएको र ‍हातपातसमेत गरी हत्या गरेको पुष्टि भएको हो।उनी पहिलो पटक सन् २०१८ मा पक्राउ परेकी थिइन्। पछि धरौटीमा छुटेकी उनलाई दोस्रो पटक पक्राउ गरी सन् २०२० नोभेम्बरमा मुद्दा चलाइएको थियो।
गत अक्टोबर यता म्यानचेष्टर क्राउन कोर्टमा उनीविरूद्धको सुनुवाई निरन्तर जारी थियो। यस मुद्दामा अदालतले अगष्ट २१ मा सजाय निर्धारण गर्ने सिएनएनले जनाएको छ।उनीविरूद्ध २२ वटा कसुरमा मुद्दा चलेको थियो। जसलाई उनले इन्कार गर्दै आएकी थिइन्। सन् २०१५ जुन देखि सन् २०१६ जुनसम्म उनी चेष्टर अस्पतालमा नवजात शिशु उपचार कक्षमा कार्यरत थिइन्। उनी अस्पतालमा कार्यरत रहँदा बच्चाहरूको मृत्यु बढेपछि चिकित्सकहरूले अस्पताल प्रशासनलाई जानकारी गराएका थिए।त्यतिबेला चिकित्सकहरूले उठाएका विषयलाई अस्पताल प्रशासनले बेवास्ता गरेको सिएनएनले जनाएको छ।
त्यतिबेला लुसीमाथि आरोप लगाउने चिकित्सकहरूलाई अस्पताल प्रशासनले आधिकारिक रूपमा माफी माग्नसमेत भनेको थियो।
त्यसैबीच सन् २०१६ सेप्टेम्बरमा उनीमाथि अनुसन्धान भइरहेकोबारे रोयल कलेज अफ नर्सिङले जानकारी गराएको थियो। त्यसपछि भने लुसीलाई उनलाई जिम्मेवारीबाट हटाइएको थियो।अनुसन्धानको क्रममा प्रहरी उनको घरमा पनि पुगेको थियो। जहाँबाट उनले लेखेका केही कागजहरू पनि फेला परेका थिए। म बाँच्न लायक छैन। मैले उनीहरूको जानीजानी हत्या गरेँ किनकी म उनीहरूको हेरचाह गर्न सक्षम छैन,’ उनले लेखेको कागजमा उल्लेख छ, ‘म एक भयानक दुष्‍ट मान्छे हुँ। म दुष्ट हुँ र मैले यो गरेँ।’

प्रकाशित : ३ भाद्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६